राजविराज, २३ माघ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा उपाध्यक्ष सुचिता कुमारी यादवले चौथोपटक तालाबन्दी गरेकी छिन् । गाउँपालिकामा पटक – पटक सूचना माग गर्दा उल्टो होच्याउने गरेको भन्दै उनले तालाबन्दी गरेकी हुन् ।
गाउँपालिका उपाध्यक्ष यादवले आफ्नो अधिकार खोसेर गाउँसभा गरेकाले सोही विषयमा सूचना माग्दा कर्मचारीहरूले होच्याउने गरेकाले तालाबन्दी गर्नुपरेको बताइन् । आर्थिक बर्ष २०७७/०७८ को गाउँसभा गर्दा गाउँपालिका अध्यक्ष सतिश सिंहले स्थानीय सरकार सञ्चालन ऐना प्रतिकूल हुने गरी गाउँसभा गरे, उपाध्यक्ष यादवले भनिन्, राजस्व बाँडफाँड समिति, योजना अनुगमन समिति जस्ता आधा दर्जन समितिको संयोजक उपाध्यक्ष रहने कानुनी ब्यवस्था छ उनले थपिन्, आफ्नो किर्ते हस्ताक्षर गरेको आशंका लागेर सूचना माग्दा सूचना दिनुभन्दा उल्टै कर्मचारीहरूले होच्याउने गर्छ ।
जिल्ला समन्वय समितिका सभापति प्रभाकर यादवले सूचना उपलब्ध गराउने भनी प्रतिबद्धता गरेपछि यसअघि लगाएको ताला खोलिएको उनले बताइन् । जिल्ला समन्वय समितिका सभापतिको रोबरमा भएको सहमति कार्यान्वयन नगरेकोले चौथोपटक तालाबन्दी गर्न बाध्य भएको उनले जानकारी दिइन् ।
उपाध्यक्ष यादवले प्रमुख प्रशासकीय अधिकृत केशव झा र राजु झाको कार्यकक्षमा ताला लगाएकी छिन् ।
Tags:
स्तानिय