राजविराज ।
सप्तरीमा एक युवकले आफ्नै भाउजूमाथि पेट्रोल छर्केर आगो लगाएका छन् । आगोमा जलेर गम्भीर घाइते भएकी उनको उपचारको क्रममा मृत्यु भएको छ ।
जिल्लाको बोदेबर्साइन नगरपालिका वडा नम्बर १ धनगढी बस्ने परमेश्वर साहले भाउजू राजकुमारी साहको शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा उनको मृत्यु भएको हो । माघ २१ गते बिहान घरमा खाना पकाइरहेको अवस्थामा २० वर्षीय परमेश्वरले २७ वर्षीया राजकुमारीको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए ।
राजकुमारीको शरीरको विभिन्न भाग जलेपछि विराटनगरमा उपचार भइरहेको थियो । उनको उपचारकै क्रममा शनिबार राति मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
राजकुमारीका ३० वर्षीय पति रबिन कुमारले आफू काम विशेषले घर बाहिर रहेको समयमा आफ्नै भाइले श्रीमतीको शरीरमा आगो लगाएको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।
घटना पछि उनी फरार रहेको छ । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
Tags:
स्तानिय