राजविराज ।
सप्तरीको जनसंख्या १० वर्षमा ७२ हजार ४ सय ७५ जना थपिएका छन ।
राष्ट्रिय जनगणना –२०७८ को प्रारम्भिक नतिजामा उल्लेख भए अनुसार सप्तरीको जनसंख्या ७ लाख ११ हजार ७ सय ५९ रहेको देखाएको छ भने राष्ट्रिय जनगणना –२०६८ को नतिजामा ६ लाख ३९ हजार २ सय ८४ रहेको थियो ।
केन्द्रीय तथ्यांक विभागले गत बुधवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना –२०७८ अनुसार घर सङ्ख्या १ लाख २४ हजार ३ सय २४ उल्लेख छ । जसमा परिवार संख्या १ लाख ५१ हजार २ सय ९१ रहेको छ भने महिला संख्या ३ लाख ५४ हजार १ सय ८३ र परुषको संख्या ३ लाख ५७ हजार ५ यस ७५ रहेको तथ्यांकले देखाएको छ ।
२०६८ जनगणना अनुसार महिला ३ लाख २५ हजार ४ सय ३८ ,पुरुष ३ लाख १३ हजार ८ सय ४६ र घरधुरी संख्या १ लाख २१ हजार ९८ रहेको थियो ।
२०७८ मा सप्तरीका १८ स्थानीय तह मध्ये सबै भन्दा जनसंख्या भएको राजविराज नगरपालिका रहेको उल्लेख छ । राजविराजको जम्मा जनसंख्या ७१ हजार ९ सय ४६ उल्लेख छ जसमा परिवार संख्या १५ हजार १ यस २१ कायम रहेको छ । महिला ३६ हजार ९ सय ४२ र पुरुषको संख्या ३५ हजार ४ रहेको देखाइको छ ।