राजविराज ।
माघ मसान्तसम्म भौतिक रुपमा सप्तरीका शिक्षण संस्थाहरू सञ्चालन नगर्न आदेश जारी भएको छ ।
विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा माघ मसान्तसम्म भौतिक रुपमा उपस्थितिमा सञ्चालन नगर्न र वैकल्पिक शिक्षण सिकाइका विधिहरू अपनाएर सञ्चालन गर्न भन्दै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जारीगरेको आदेशमा उल्लेख छ ।
सबै खाले परीक्षाहरू सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड पालन गरी सञ्चालन गर्न भनेको छ ।
यसै गरी सिनेमा हल, डान्स बार, दोहोरी नाच घर, क्लब, जिम खाना, स्विमिङ पुल, फुटसल, पटके हाटबजार र मानिसहरूको भिडभाड हुने अन्य प्रकारका कार्यक्रम पनि माघ मसान्तसम्म सञ्चालन नगर्न आदेशमा उल्लेख छ ।