स्थानीय निर्वाचन ३० वैशाखमा गर्ने सरकारको निर्णय


२४ माघ ,काठमाडौं । 

सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले आमागी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो ।

 यसअघि निर्वाचन आयोगले जेठ ४ गतेको लागि निर्वाचन मिति प्रस्ताव गरेको थियो ।  तर मन्त्रिपरिषद्ले अझ अगाडिकै मिति तय गरेको हो । स्थानीय तहको मितिका सम्बन्धमा केही समययता विवाद हुँदै आएको थियो ।

स्थानीय तहको अघिल्लो निर्वाचन तीन चरण ९२०७४ वैशाख ३१, असार १४ र असोज २०मा भएको थियो । स्थानीय तह निर्वाचन ऐनअनुसार हाल कायम रहेका स्थानीय जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिने छ ।

४ जेठमा चुनाव गर्दा केही दिन स्थानीय तह जनप्रतिनिधिविहीन हुने अवस्था आएपछि सरकारले नयाँ मिति प्रस्ताव गरेको हो । यसपटक भने एकै चरणमा निर्वाचन गर्ने बताइएको छ ।

Post a Comment

Previous Post Next Post